६ आश्विन २०८१, आइतबार

नवनियुक्त गण्डकी प्रदेश प्रमुख र सदूरपश्चिम प्रदेश प्रमुखले लिए सपथ

प्रकाशित मिति :  3 May, 2021 6:38 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आजै नियुक्त भएका गण्डकी प्रदेश प्रमुख सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

आज मात्रै मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन् ।

यसअघि माओवादी कोटाबाटै प्रदेश प्रमुख बनेका प्रदेश २ प्रमुख तिलक परिवारलाई पदमुक्त गरेर फागुन ७ गते राजेश झालाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !