७ आश्विन २०८१, सोमबार

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६१९ र बाँकेमा ४४० जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  3 May, 2021 6:56 pm


काठमाडौं । रुपन्देहीमा कोरोना संक्रमण तिब्र फैलिएको देखिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६१९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सरकारले रुपन्देहीलाई अति प्रभावित जिल्लामा राखेको छ । भारतसँग सीमाना जोडिएको रुपन्देहीमा एकपछि अर्को गरि कोरोना संक्रमितको संख्या बढेको देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ् अनुसार एकैदिन ६१९ जना संक्रमित भेटिएका छन् ।

लुम्बिनी प्रदेशमा भेटिएका संक्रमित मध्य रुपन्देहीमा सबैभन्दा धेरै हो । रुपन्देहीपछि बाँकेमा कोरोना संक्रमितको संख्या धेरै छ । मन्त्रालयको तथ्याङ्क अनुसार बाँकेमा ४४० जना कोरोना संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !