६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा दुई दिनमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार

प्रकाशित मिति :  3 May, 2021 8:43 pm


फोटो : लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको साइटबाट

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । हिजो मुख्यमन्त्रीमा पुन : नियुक्त भएपछि पोखरेलले आज दोस्रो पटक मन्त्री परिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले आज जनता समाजवादी पार्टीबाट कारबाहीमा परेका कल्पना पाण्डे लम्साललाई सामाजिक विकास मन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र राज्पयमन्त्रीलाई मुख्यमन्त्री पोखरेलले पथ तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको ७ सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् । जसपाका राज्यमन्त्रीसहित ४ जना रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !