१३ मंसिर २०८१, बिहिबार

रोल्पाको गंगादेव गाउँपालिकाद्वारा सबै सीमा नाका बन्द

प्रकाशित मिति :  4 May, 2021 7:15 am


रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाले सबै सीमा नाका बन्द गरेको छ ।

जनप्रतिनिधि र कर्मचारी गरेर एकैपटक ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका भित्रने सबै नाका बन्द गरेको हो ।

गाउँपालिका भित्रका स्वास्थ्य ,एम्बुलेन्स,खाद्यान्न गाडी बाहेक सम्पूर्ण कार्यालय ,यातायात ,विद्यालय ,बैंक,वित्तीय संस्था ,बजार पनि बन्द गरिएको गाउँपालिकाका प्रेस संयोजक आशोक ओलीले जानकारी गराएका छन् ।

गाउँपालिकाले गंगा मा.वि चौतारामा आइसोलेसन बनाउन सुरु गरेको समेत प्रेस संयोजक ओलीले बताए ।

गाउँपालिकाले कोरोना विरुद्ध सबैले सतर्कता अपनाएर मात्रै जित्न सकिने भएकोले , स्वास्थ्य मापदण्ड पालन गर्न ,गराउन र सिमा नाकाहरुमा कडाइ गर्न जनप्रतिनिधि ,सुरक्षा कर्मी ,आमनागरिक सरोकारवाला सबैमा अपिल गरेको छ ।

गंगादेव गाउँपालिकामा कारोना संक्रमित एक जनाको समेत मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !