७ आश्विन २०८१, सोमबार

कपिलवस्तुमा निषेधाज्ञा सुरु [आदेशसहित]

प्रकाशित मिति :  4 May, 2021 7:52 am


कपिलवस्तु । कपिलवस्तुमा निषेधाज्ञा सुरु भएको छ । कारोना संक्रमण बढ्न थालेपछि कपिलवस्तुमा आज बिहान ४ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । उक्त निषेधाज्ञा वैशाख राति १२ बजेसम्म लागु हुने छ ।

आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जारी गरेको आदेशमा अत्यवश्यकीय समाग्री वस्तु खरिदका लागि बिहान ९ बजे देखी दिउसो १ बजेसम्मको समय छुट्टाइएको उल्लेख छ ।

जिल्ला भित्र चल्ने निजी तथा सार्वजनिक सवारी साधनमा समेत रोक लगाइएको छ । कपिलवस्तुमा राजमार्ग क्षेत्र र कपिलवस्तु नगरपालिकामा संक्रमितको संख्या धेरै छ ।

हाल संक्रिय संक्रमितको संख्या ७ सय २५ पुगेको छ भने ५१ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्कले कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सरकारले ५०० भन्दा बढी सक्रिय संक्रमितको संख्या रहेको जिल्लालाई अति प्रभावित भनेको छ ।

 



प्रतिक्रिया दिनुहोस !