६ आश्विन २०८१, आइतबार

विवेकशील साझा पार्टीद्वारा कोरोना संक्रमितलाई सहयोग गर्न हटलाइन सेवा सुरु

प्रकाशित मिति :  4 May, 2021 9:09 am


काठमाडौं । विवेकशील साझा पार्टीले कोरोना संक्रमितलाई सहयोग गर्न हटलाइन सेवा सुरु गरेको छ ।

विवेकशील साझा पार्टीले एम्बुलेन्स, प्लाज्मा, खाद्यान्न, चिकित्सकीय सल्लाह लगायतका विषयमा जानकारी दिन र समस्या समाधानका लागि समन्वय गर्न सिधा टेलिफोन सेवा सुरु गरेको हो ।

आवश्यक परेका कोरोना संक्रमित र उनका परिवारले मोबाइन नम्बर १८१३५७७२०७ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । सम्पर्कपछि बिरामीले आवश्यक सेवा पाउने विवेकशील साझा पार्टीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !