७ आश्विन २०८१, सोमबार

चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

प्रकाशित मिति :  4 May, 2021 11:13 am


चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा गएराति १२ः४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुष छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !