६ आश्विन २०८१, आइतबार

अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा धन्यवाद : शेरचन

प्रकाशित मिति :  4 May, 2021 11:39 am


कास्की । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएपछि अमिक शेरचनले अधिकारविहीन जेलबाट मुक्त भएको टिप्पणी गरेका छन् । आज पोखरामा पत्रकार सम्मेलन गर्दै भने,“अधिकारविहीन खुल्ला जेलबाट मुक्त गरिदिनुभएकोमा धन्यवाद !”

शेरचनले १८महिना २ दिन गण्डकी प्रदेश प्रमुख बने । पदमुक्त हुँदा आफू अत्यन्तै खुसी भएको शेरचनले प्रतिक्रिया दिए । पत्रकार सम्मेलनका क्रममा निवर्तमान प्रदेश प्रमुख शेरचनले सुरुमा नै आफूले पद अस्वीकार गरेपनि पछि पार्टीको निर्णय मानेर प्रदेश प्रमुख भएको उल्लेख गरे ।

उनले भने,“पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई पहिला ओली जी र पुनः प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै स्वकारेको पद हो यो ।”

शेरचनले आफूले पदका लागि राजनीति नगरको भन्दै पूर्व राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिका लागि आफूलाई प्रस्ताव आएपनि अस्वीकार गरेको स्मरण गरे ।

शाहीकालमा तत्कालिन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि ठाडै इनकार गरेको उनले उल्लेख गरे । उनले भने,“नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल ,क.यज्ञदेव आले,क.निर्मल आले र क.मोहन विक्रम सिहं जस्ता शिर्षस्थ नेताहरुको निकटमा रहेर सकृय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरे । पदका लागी कुनै प्रकारको र्बागेनिङ गरिन ।”

मनमोहन अधीकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि आफूले स्वीकार नगरेको उल्लेख गर्दै निवर्तमान गण्डकी प्रदेश प्रमुख शेरचनले भने,“पद र सत्ताको लागि असंवैधानिक पद्वती र अपच्य दृष्यहरू थोर्पाने पद जोगाउने व्यक्ति म होईन । नत पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ती हुँ ।”

गण्डकी प्रदेश प्रमुख भएर आएपछि पनि आफूले संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको र कुनैपनि पार्टी विशेषको प्रभाव र छाँयामा काम नगरेको प्रष्टिकरण दिए ।

उनले भने,“यस पदमा आएपछी मैले संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको थिए । कुनै पार्टी विशेषको प्रभाव र छाँयामा काम गरिन । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरूबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजीम नै निर्णयतार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु ।”

शेरचनले लोकतन्त्र संघीयता धरापमा नपरोस भन्दै यसका लागी पक्षधरताहरु बिचको सहकार्य र एकतामा अघि बढ्न अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !