७ आश्विन २०८१, सोमबार

दाङको लमहीमा कोरोनाको उपचार गर्न २५ शैय्याको एचडियू अस्पताल सञ्चालनमा

प्रकाशित मिति :  4 May, 2021 2:51 pm


दाङ । दाङको लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शैय्याको एचडियू अस्पताल सञ्चालनमा आएको छ ।

देउखुरीका चार स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालले जनाएको छ ।

कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको अस्पतालका प्रमुख डा पुष्प भुसाल जानकारी दिए ।

अक्सिजनसहितको अस्पताल तयार भएको उल्लेख गर्दै डा. भुसालले भने,”यसले कोरोनाका बिरामीको उपचारमा केही सजिलो हुने छ ।”

अक्सिजन दिएर उपचार गर्नु पर्ने सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा १२ शैय्या तयारी अवस्थामा रहेको छ र छिटै शैय्या थपेर २५ पु¥याइने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !