७ आश्विन २०८१, सोमबार

एकैदिन ५५ जना कारोना संक्रमितको मृत्यु,७६६० संक्रमित थपिए

प्रकाशित मिति :  4 May, 2021 6:32 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ५५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ् अनुसार ५५ जनाको मृत्यु भएको उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा ७,६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ५९,७९८ पुगेको छ ।

जसमध्य ५५,५२० होम आइसोलनसमा र संस्थागत आइसोलेनमा ४,२७८ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै ६१६ जना आइसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १,७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !