६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेश मुख्यमन्त्री पोखरेलले फेरि गरे मन्त्रिपरिषद् विस्तार,थपिए तीन मन्त्री [नामावलीसहित]

प्रकाशित मिति :  4 May, 2021 8:52 pm


फोटो : लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको साइटबाट

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

लुम्बिनी प्रदेशमा ३ जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री पोखरेलले चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानूनमन्त्री, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री, धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकास मन्त्री बनाएका हुन् ।

यस अघि थपिएका मन्त्री मध्ये हरिप्रसाद रिजाललाई ग्रामिण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

बैजनाथ चौधरी आर्थिक मामिला तथा योजना मन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकास मन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा यथावत छन्।

मुख्यमन्त्री पोखरेलले तीन दिनमा तीन पटक मत्रिपरिषद् विस्तार गरेका हुन् । फेरि अस्ति मुख्यमन्त्रीमा नियुक्ती भएपछि पोखरेलले नयाँ मन्त्री थपेका हुन् ।



प्रतिक्रिया दिनुहोस !