७ आश्विन २०८१, सोमबार

रोल्पामा निषेधाज्ञा सुरु [आदेशसहित]

प्रकाशित मिति :  5 May, 2021 7:39 am


रोल्पा । रोल्पामा निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आज बिहानदेखि निषेधाज्ञा लागु गरेको हो ।

निषेधाज्ञा जिल्लाभर लागु हुने र जेठ ५ गते बुधबार राति १२ बजेसम्म कायम हुने जिल्ला प्रशासन कार्यालयको आदेशमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार खाद्य सामाग्री,तरकारी,फलफूल,दुग्धजन्य पदार्थका पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खुल्ने छन् ।

जिल्ला भित्र तथा जिल्ला बाहिर चल्ने निजी तथा सार्वजनिक सवारी साधनहरु अनुमतिबिना सञ्चालन गर्न पाइने छैन भने बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने दैनिक सेवा शाखा प्रवन्धकले न्यूनतम कर्मचारीको उपस्थितिमा सञ्चालन गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !