७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेशका १२ मध्य ११ जिल्लामा निषेधाज्ञा लागु

प्रकाशित मिति :  5 May, 2021 8:14 am


काठमाडौं । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य ११ जिल्लामा निषेधाज्ञा लागु भएको छ ।

कोरोना संक्रमण फैलदै गएपछि लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा निषेधाज्ञा लागु भएको हो । अहिलेसम्म रुकुमपूर्वमा मात्रै निषेधाज्ञा लागु भएको छैन ।

बाँके,दाङ,रोल्पा,पाल्पा,रुपन्देही,बर्दिया,गुल्मी, प्यूठान, कपिलवस्तु,नवलपरासी पश्चिम र अर्घाखाँचीमा निषेधाज्ञा लागु भइसकेको छ । यसपटक कोरोना संक्रमणबाट बागमती प्रदेशपछि सबैभन्दा बढी प्रभावित लुम्बिनी भएको छ ।

लुम्बिनीको दाङ, बाँके,रुपन्देही, पाल्पा,बर्दिया र कपिलवस्तुमा ५ सय भन्दा बढी सक्रिय संक्रमित संख्या छ भने नवलपरासी पश्चिम,अर्घाखाँची र गुल्मीमा २ सय भन्दा बढी सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले तराईका जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी र पहाडी जिल्लामा २ सय भन्दा बढी भए निषेधाज्ञा लागु गर्न सकिने बताएको छ । तर पहाडमा रहेका जिल्लाले पनि संक्रमण भित्राभित्रै फैलिएको हुन सक्ने भन्दै २ सय सक्रिय संक्रमित नभएपनि निषेधाज्ञा लागु गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !