७ आश्विन २०८१, सोमबार

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा स्वास्थ्यकर्मी संक्रमित,सेवा स्थगित

प्रकाशित मिति :  5 May, 2021 8:53 am


कास्की । कास्कीको माछापुच्छ्रे  गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा बन्द भएको छ ।

स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले जानकारी दिए ।

केसीले स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बताए । त्यस्तै गाउँपालिकालेपनि वैशाख मसान्तसम्मका लागि सबै सेवा बन्द गरेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै गाउँपालिकाले हिजो सूचना जारी वैशाख २२ गतेदेखि ३१ गतेसम्म सेवा बन्द गरिएको जनाएको छ ।

गाउँपालिका तथा नौवटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !