७ आश्विन २०८१, सोमबार

रोल्पाबाट दाङ जाँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,२ जना घाइते

प्रकाशित मिति :  5 May, 2021 12:40 pm


दाङ। रोल्पाबाट दाङ जाँदै गरेको स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

रोल्पाको लिवाङबाट घोराहीतर्फ जाँदै गरेको बा१३च ८०४८ नंको जीप गएराति घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४ उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गाडी चालक घोराही–१६ का अन्दाजी २८ वर्षीय विष्णु गिरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए ।

दुर्घटनामा तुलसीपुर–१६ का अन्दाजी २३ वर्षीय वसन्त भण्डारी र तुलसीपुर–४ का ३३ वर्षीय राजकुमार थापा घाइते भएका छन् । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राति दुर्घटना भए पनि कसैले थाहा नपाएका कारण आज बिहान मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !