६ आश्विन २०८१, आइतबार

नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता : प्रचण्ड

प्रकाशित मिति :  5 May, 2021 1:18 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुन अहिको आवश्यकता रहेको बताएका छन् ।

कार्ल माक्र्सको २०३ औं दिनदिनका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले भनेका छन्,“नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिन्छ । वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता हो ।”

प्रचण्डले सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन भनेका छन् ।



प्रतिक्रिया दिनुहोस !