७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  5 May, 2021 2:07 pm


अर्घाखाँची । अर्घाखाँचीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीमा आज बिहान सन्धिखर्क नगरपालिकाका ८० वर्षिय एक पुरुषको मृत्यु भएको हो । चारदिन अघि कोरोना संक्रमणको पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा आज विहान वृद्धको ज्यान गएको अस्पताल प्रमुख कपिल गौतले  जानकारी दिएका   छन् । उनी मधुमेहका रोगी थिए । यससँगै अर्घाखाँचीमा कोरोना संक्रमित २७ जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीमा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ । संक्रमित बढेपछि अर्घाखाँचीमा वैशाख २० गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !