७ आश्विन २०८१, सोमबार

चितवनमा जिल्ला बाहिर अक्सिजन बेच्न कडाइ,बैंक ४ घण्टा खुल्ने [नयाँ निर्णयसहित]

प्रकाशित मिति :  5 May, 2021 2:39 pm


चितवन । चितवनबाट जिल्ला प्रशासन कार्यालयको स्वीकृतिविना अन्य जिल्लामा अक्सिजन बिक्री गर्न नपाइने भएको छ ।

आज बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)बैठकले अक्जिसन बिक्री वितरणको दैनिक अभिलेख अध्यावधिक गर्ने र प्रशासनको स्वीकृति विना अन्य जिल्लामा अक्सिजन बिक्री गर्न नपाइने निर्णय गरेको हो ।

अस्पतालहरुमा अक्सिजनको कमी भइ संक्रमितहरुको उपचार प्रभावित हुन सक्ने भएमा समयमै केन्द्रलाई जानकारी गराउन भनिएको छ ।

जिल्लाभित्र अक्सिजन उत्पादन गर्ने उद्योग तथा अस्पतालहरुले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गरी आवश्यक परिमाणमा मौस्दात राख्ने भन्दै केन्द्रले अक्सिजन उत्पादन गर्ने उद्योग तथा अक्सिजन सप्लायर्सहरुले विभिन्न उद्योग तथा व्यक्तिसँग रहेका खाली सिलिण्डर तत्काल फिता लिन भनिएको छ ।

फिर्ता लिन कुनै समस्या भए प्रहरीको सहयोग लिन भनिएको छ ।

जिल्ला भित्रका बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दुरी कायम हुने जनस्वास्थ्यका मापदण्ड पालना हुने सुनिश्चित गरी कार्यरत कर्मचारीको आधा कर्मचारीबाट सेवा प्रवाह गर्ने र सोको विवरण जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन भनेको छ ।

बैंकहरुले १० बजेदेखि २ बजेसम्म सेवा दिन पाउने छन् । चितवनमा १६ गतेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ । डिसिसिएमसी बैठकले अहिलेसम्मको समिक्षा गर्दै केही निर्णयमा हेरफेर गरेको हो ।



प्रतिक्रिया दिनुहोस !