६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशमा एमालेका अर्का सांसदले पनि दिए राजीनामा

प्रकाशित मिति :  5 May, 2021 2:58 pm


रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमालेका सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा लिएका छन् ।

दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका डाँगीले आज राजीनामा दिएका हुन् ।

प्रदेश सभा सचिवालयले डाँगीले राजीनामा बुझाएको पुष्टि गरेको छ ।

लुम्बिनीमा सरकार परिवर्तनको चलखेल भएपछि डाँगीले माओवादी केन्द्रलाई साथ दिएका थिए । उनी माधव नेपाल पक्षका सांसदका रुपमा  चिनिन्थे ।

यसअघि नेकपा एमालेकै दृर्ग नारायण पाण्डेले पनि पदबाट राजीनामा लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !