१६ कार्तिक २०८१, शुक्रबार

सेती प्रादेशिक अस्पतालद्वारा सेवा निवृत्त चिकित्सकसँग सहयोगको अपिल

प्रकाशित मिति :  5 May, 2021 3:17 pm


काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सेती प्रादेशिक अस्पतालले सरकारी सेवा निवृत्त भएका चिकित्सकलाई सहयोगका लागि अपिल गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अस्पताले कोभिड-१९ को समयमा थप थप दक्ष जनशक्रि व्यवस्थापन गर्न गाह्रो भएको जनाएको छ ।

अस्पतालले आपतकालि अवस्थामा अस्पतालमाआएर मार्गदर्शन दिन तथा विरामीहरूको उपचारमा आवश्यक सहयोग गर्न अपिल गरेको   छ ।

अस्पतालले भनेको छ, “यस विपदको अवस्थामा सरकारी स्वास्थ्य संस्थाबाट सेवा निवृत्त हुनुभएका विशेषज्ञ चिकित्सकज्यूहरूलाई यस आपतकालिन अवस्थामा अस्पतालमा आइ मार्गदर्शन दिन तथा विरामीहरूको उपचारमा आवश्यक सहयोग गर्ने कार्यका लागि हार्दिक अपिल गदछौं ।”



प्रतिक्रिया दिनुहोस !