७ आश्विन २०८१, सोमबार

कोरोना संक्रमितको संख्या बढ्दो, ८,६५९ मा संक्रमणको पुष्टि हुँदा ५८ जनाको मृत्यु

प्रकाशित मिति :  5 May, 2021 5:19 pm


काठमाडौं । नेपालमा हरेक दिन कोरोना संक्रमित र मृतकको बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यद्यपी परीक्षणको संख्या पनि बढेको छ । २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससागै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९९३ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !