रुपन्देहीमा थपिए ७९७ कोरोना संक्रमित
प्रकाशित मिति : 5 May, 2021 5:35 pm
रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ४ जना संक्रमितले ज्यान गुमाएका छन् ।
नयाँ संक्रमित थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४,६७६ पुगेको छ । स्वास्थ्य कार्यालय रुपन्देही अनुसार अहिलेसम्म रुपन्देहीमा मृतकको संख्या २ सय २० पुगेको छ ।
बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् ।