७ आश्विन २०८१, सोमबार

नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश लिएकालाई तयार रहन निर्देशन

प्रकाशित मिति :  5 May, 2021 5:49 pm


काठमाडौं । नेपाली सेनाले स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेको स्वास्थ्यकर्मीलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेको स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने भएकाले तयारी अवस्थामा रहन निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको स्वास्थ्य सेवाबाट उक्त अवधिमा अवकाश हुनेको संख्या ३२० हाराहारी छ । सेनामा उपरथीको नेतृत्वमा रहेको स्वास्थ्य निर्देशनालय छ । हाल सेनाको स्वास्थ्य सेवा विभागमा २ हजारभन्दा बढी जनशक्ति कार्यरत रहेका छन् ।

सेनाको हाल बाहिनी मातहतका १६ फिल्ड एम्बुलेन्स अस्पताल, इटहरी, पोखरा र नेपालगञ्जमा क्षेत्रिय अस्पताल तथा धनगढी र बर्दिबासमा सेटलाइट अस्पताल सञ्चालनमा छन् ।

काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महाङ्कालमा त्रिचन्द्र मिलिटरी अस्पतालले समेत दुर्घटना तथा अन्य आपत्कालीन अवस्थामा सर्वसाधारणलाई मानवीयरुपमा स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !