७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीको असुरकोट स्वास्थ्य चौकी इन्चार्ज सहित ९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  5 May, 2021 6:02 pm


अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ५ मा रहेको असुरकोट स्वास्थ्य चौकीका इन्चार्जसहित ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

एन्टिजेन विधिबाट आज ७२ जनामा गरिएको परीक्षणमा स्वास्थ्य चौकी इन्चार्ज, अहेव सहित ९ जनामा संक्रमण पुष्टि भएको धारापानि स्वास्थ्य चौकी इन्चार्ज राम बहादुर केसीले जानकारी दिए ।

आज असुरकोटमा संक्रमण पुष्टि भएका ९ जना मध्ये ४ जना पुरुष र ५ जना महिला रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !