७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि १२ जिल्लालाई ७९ लाख रुपैयाँ दिने

प्रकाशित मिति :  5 May, 2021 7:16 pm


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश भित्रका १२ वटा जिल्लालाई ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसको मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका १२ जिल्लालाई ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले रकम सीसीएमसीलाई दिइने र उक्त रकम सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च हुने उल्लेख गरे ।

मन्त्रिपरिषद् बैठकले कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराइने छ भने कपिलबस्तुलाई ८ लाख, नवलपरासी, दाङ, बर्दियालाई ७-७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्यूठान र रुकुमपूर्वलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराइने छ ।

त्यस्तै जेठ ६ र ७ गते गर्ने भनिएको प्रदेश लगानी सम्मेलन कोरोनाका कारण कार्तिक २७ र २८ गते सारिएको प्रवक्ता चौधरीले जानकारी  दिए ।



प्रतिक्रिया दिनुहोस !