७ आश्विन २०८१, सोमबार

बर्दियामा निषेधाज्ञा अवज्ञा गर्ने ४८५ व्यक्ति र २८२ सवारी साधन कारबाहीमा

प्रकाशित मिति :  5 May, 2021 7:38 pm


बर्दिया । बर्दियामा निषेधाज्ञा अवज्ञा गर्ने २८२ सवारी साधन कारबाहीमा परेका छन् ।

निषेधाज्ञाको तेस्रो प्रहरीले १३८ साइकल, ९६ मोटरसाइकल, ३४ चारपाङ्ग्रे सवारी साधन, १४ अटोरिक्सालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।

निषेधाज्ञाको उल्लंघन गर्ने ४८५ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही उनले जानकारी दिए । कोरोना संक्रमण बढ्दै गएपछि बर्दियामा पनि निषेधाज्ञा लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस !