५ आश्विन २०८१, शनिबार

कोरोना भाइरस विरुद्वको खोप बौद्धिक सम्पतिको क्षेत्राधिकार बाहिर राख्न अमेरिका सहमत

प्रकाशित मिति :  6 May, 2021 7:34 am


काठमाडौं । कोरोना भाइरस विरुद्वको खोपलाई बौद्धिक सम्पतिको क्षेत्राधिकार बाहिर राख्ने विश्व व्यापार संगठनको पहलमा अमेरिकाले समर्थन जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले डेमोक्रेटिक सांसद तथा १ सय भन्दा बढी देशको दबावपछि अस्थायी रुपमा समर्थन जनाएका हुन् । तर खोप कम्पनीहरू भने यो निर्णयबाट असन्तुष्ट छन् ।

भारत तथा दक्षिण अफ्रिका लगायतका मुलुकले कोरोना खोपलाई बौद्धिक सम्पतिको क्षेत्राधिकार भन्दा बाहिर राख्नुपर्ने प्रस्ताव गर्दै यसले दुनियाँभर खोप उत्पादनमा तिब्रता आउने तर्क गरेका थिए ।

तर खोप निर्माता कम्पनीले भने यस विषयमा फरक तर्क गरेका छन् । उनीहरुको तर्क छ कि खोपलाई बौद्धिक सम्पतिको अधिकारभन्दा बाहिर राखेपनि अन्य उत्पादनकर्तासँग यसबारे प्रविधि छैन ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रास गेब्रेयासिसले भनेका छन् कि राष्ट्रपति बाइडनको या समर्थन मर्थन कोभिड–१९ विरुद्धको लडाइँमा ‘ऐतिहासिक क्षण’ हो ।

अमेरिकी व्यापार प्रतिनिधि कैथरीन ताईका अनुसार भने विश्व व्यापार संगठनका सदस्यहरुबीच यसबारेमा सहमतिका लागि  समय लाग्ने छ ।



प्रतिक्रिया दिनुहोस !