७ आश्विन २०८१, सोमबार

अक्सिजन सिलिण्डरको अभाव देखियो सबैले सहयोग गरौं : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति :  6 May, 2021 10:10 am


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना संक्रमितको चाप भएको अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव देखिएको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कोभिड उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सबैलाई आग्रह गरेका हुन् ।

मुख्य मन्त्री पोखरेलले अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले समस्या भएको मुख्यमन्त्री पोखरेलको दाबी छ ।

उनले भनेका छन्,“अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले विरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सम्वन्धित सबैले सहयोग गरौं ।”

लुम्बिनी प्रदेश कोरोनाबाट अत्यधिक प्रभावित भएको छ । प्रदेश भित्रका १२ जिल्ला मध्य ११ जिल्लामा निषेधाज्ञा लागु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !