७ आश्विन २०८१, सोमबार

कोरोना संक्रमित पूर्वमन्त्री पहाडीको निधन

प्रकाशित मिति :  6 May, 2021 11:24 am


बाँके । बाँकेमा कारोनान सांक्रमित पूर्वमन्त्री मोतिप्रसाद पहाडीको मृत्यु भएको छ।

संक्रमणको पुष्टि भएपछि होम आइसोलेसनमा बसेका ७८ वर्षीय पहाडीको गएराति निधन भएको हो । उनी हिजो नेपालगञ्जको भेरी अस्पतालमा भर्ना भएका थिए ।

होम आइसोलेसनमै बसेका पहाडीले असहज महसुस गरेपछि हिजो अस्पताल भर्ना भएको र गएराति नै उनको निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

डोल्पा घर भएका पहाडी नेपालगञ्जमा बसोबास गर्दै आएका थिए । २०३८ सालमा सूर्य बहादुर थापाको मन्त्रिपरिषद्मा निर्माण तथा यातायात सहायक मन्त्री बनेका पहाडी २०५२ सालमा शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा पनि मन्त्री बनेका थिए ।

२०४६ सालको परिवर्तनपछि कांग्रेस प्रवेश गरेका पहाडी २०५१ सालमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार भई चुनाव जितको थिए । देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री बनेका पहाडी पछि वन तथा भू संरक्षण र आपूर्ति मन्त्री भएका थिए ।



प्रतिक्रिया दिनुहोस !