६ आश्विन २०८१, आइतबार

विश्वासको मत माग्न अन्य दलसँग छलफल गर्ने एमालेको निर्णय,प्रधानमन्त्री ओलीको राष्ट्रपतिसँग भेट

प्रकाशित मिति :  6 May, 2021 12:14 pm


काठमाडौं । नेकपा (एमाले)ले वैशाख २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतका लागि सबै दलसँग सघन छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक स्थायी कमिटी बैठकले विश्वासको मत प्राप्त गर्ने गरि अन्य दलसँग छलफल अगाडि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिदैछन् । प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

विश्वासको मतका लागि हिजो नेपाली कांग्रेससँग छलफल भएपनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने स्पष्ट पारिसकेको छ ।
स्थायी कमिटी बैठक सकेलगत्तै प्रधानमन्त्री ओली राष्टपति विद्यादेवी भण्डारीलाई भेट शितल निवास पुगेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !