७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु

प्रकाशित मिति :  6 May, 2021 2:32 pm


कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कारोना संक्रमित थप ४ जनाको मृत्यु भएको जनाएको छ । निर्देशनालयका अनुसार पोखरा महानगरपालिका ३ का ८७ वर्षीय कोरोना संक्रमित पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै पोखरा-२९ का ४१ वर्षीय पुरुष, पोखरा-१७ का ७३ बर्षीय पुरुष र म्यादीको धौलागिरी गाउँपालिकी ७२ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यससँगै गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रति २ सय ४१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !