सन्धिखर्क नगरपालिकाद्वारा अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग
प्रकाशित मिति : 6 May, 2021 3:33 pm
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले अर्घाखाँची जिल्ला अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । नगरप्रमुख कमलप्रसाद भुसालले आज अस्पताल प्रमुख डा. कपिल गौतमलाई चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
अस्पताल प्रमुख डा. गौतमले विपतको बेला अक्सिजन सहयोग गरेकोमा आभार व्यक्त गरे । नगरप्रमुख भुसालले जोखिम न्यूनकरणका लागि सक्दो प्रयास गर्ने प्रतिवद्दता व्यक्त गरे ।
सिलिण्डर हस्तान्तरणका लागि भएको अनौपचारिक कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार विक, स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, सव ईन्जिनियर हरि बोहरा लगायतको समेत उपस्थिति रहेको थियो ।