७ आश्विन २०८१, सोमबार

अक्सिजन सिलिण्डर लुकाउनेलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

प्रकाशित मिति :  6 May, 2021 4:44 pm


काठमाडौं । सरकारले कोरोनाभाइरस कोभिड-१९ संक्रमितको उपचारको लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिन्डर लुकाउनेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै नेपाल सरकारको निर्णय विपरित उद्योगभन्दा अक्सिजन तथा अक्सिजन सिलिन्डर प्रयोग गरेको पाइएको भन्दै उद्योग व्यवसायी तथा सरोकारवालाले यस्ता अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिन आग्रहसमेत गरेको छ ।

देशभर अक्सिजन सिलिन्टरको खाँचो परेपछि सरकारले तत्काल विदेशी मुलुकबाट ५० हजार अक्सिजन सिलिण्डर ल्याउने निर्णय गरेको छ भने चीनबाट २० हजार सिलिण्डर ल्याउन प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !