७ आश्विन २०८१, सोमबार

निर्माणाधीन आयोजनाको अक्सिजन सिलिण्डर कोभिड बिरामीलाई दिनु : विभाग

प्रकाशित मिति :  6 May, 2021 5:16 pm


काठमाडौं ।  विद्युत विकास विभागले निजी क्षेत्रबाट सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजनाहरूमा भएका अक्सिजन सिलिण्डर कोभिड संक्रमितलाई प्रयोग गर्न दिन निर्देशन दिएको छ ।

विभागले आज विज्ञप्ति जारी गर्दै अक्सिजन सिलिण्डरहरू नजिकैको स्वास्थ्य संस्था वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कोभिड १९ को बिरामीले प्रयोग गर्ने गरि व्यवस्था मिलाइदिनुहुन अनुरोध छ ।”

सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विभागलाई पत्राचार गरेपछि विभागले उक्त निर्देशन जारी गरेको हो ।

महामारीले सिर्जना भएको बिकराल परिस्थितिमा सम्पूर्ण आ– आफ्नो स्थानबाट स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्नुपर्ने अवस्था रहेको भन्दै अक्सिजनको सिलिण्डर प्रयोग गर्न दिन विभागले भनेको छ ।



प्रतिक्रिया दिनुहोस !