७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा ४७ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  6 May, 2021 5:30 pm


अर्घाखाँची । अर्घाखाँचीमा ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणका क्रममा ३४ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए ।

यससँगै अर्घाखाँचीमा अलिहेसम्म कुल ११४७ जना संक्रमित भएका छन् भने २७ जना संक्रमितको मृत्यु भइसकेको छ । अर्घाखाँची २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला हो ।



प्रतिक्रिया दिनुहोस !