७ आश्विन २०८१, सोमबार

नेपालमा ९०७०* जना कोरोना संक्रमित थपिए,बागमती र लुम्बिनी प्रदेशमा मात्रै ७ हजार भन्दा बढी

प्रकाशित मिति :  6 May, 2021 5:36 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७०  जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर २०,३६७ जनाको  पिसिआर परीक्षण गर्दा ८९७० जना र ७७५ एन्टिजेन परीक्षणमा १०० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । छिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् ।

थपिएका मध्य बागमतीमा मात्रै ५,०२३ जना छन् भने लुम्बिनी प्रदेशमा २०६६ रहेका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

 

*ऐन्टिजन परीक्षणका क्रममा १ सय जना थपसहित ९०७० हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ ।



प्रतिक्रिया दिनुहोस !