६ आश्विन २०८१, आइतबार

राष्ट्रिय जनमोर्चाका सांसद सम्पर्कविहीन भएपछि स्थगित गण्डकी प्रदेशसभा बैठक बोलाइयो

प्रकाशित मिति :  6 May, 2021 6:16 pm


कास्की । राष्ट्रिय जनमोर्चाका सांसद सम्पर्कविहीन भएपछि स्थगित गण्डकी प्रदेश प्रदेशसभा बैठक बैशाख २७ गतेका लागि बोलाइएको छ ।

गत १३ गतेदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल भएको थियो । १५ गते मतदानको समय राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाही अनुपस्थित हुनुभएको थियो ।

जनमोर्चाले आफ्ना सम्पर्कविहीन सांसदको खोजि गर्न माग गर्दै दिएको निवेदनको आधारमा सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

सम्पर्कविहीन भएका भनिएका सांसद शाही सोही दिन पोखराको चरक अस्पतालमा उपचाररत अवस्थामा भेटिएका थिए । २७ गते नै मतदानको तयारी गरिएको छ ।

६० सदस्यीय सांसदमा एमालेका २७ जना, स्वतन्त्रका उम्मेदवार १ जना, नेपाली कांग्रेसका १५ जना, माओवादी केन्द्रका सभामुख सहित १२ जना, जनता समाजवादी पार्टीका २ जना र जनमोर्चाका ३ जना सांसद छन् ।

सरकार जोगाउन मुख्यमन्त्री गुरुङले ३१ जनाको समर्थन जुटाउनुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !