७ आश्विन २०८१, सोमबार

रुपन्देही सैनामैनाका कोरोना संक्रमित पुरुषको चितवनमा निधन

प्रकाशित मिति :  6 May, 2021 6:34 pm


चितवन । रुपन्देही सैनामैना नगरपालिका–४ का कोरोना संक्रमित एक पुरुषको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

अस्पतालका अनुसार आज बेलुकी साढे ५ बजे ३४ वर्षीय ति पुरुषको निधन भएको हो । २२ गते अस्पताल भर्ना भएका उनलाई १९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

कोरोना संक्रमणको पुष्टिपछि आइसोलेसनमा बसेका संक्रमित पुरुषको अवस्था जटिल हुँदै गएपछि हिजोदेखि आइसियूमा राखिएको थियो ।

निमोनियाको समेत समस्या रहेका पूरषको उपचारकै क्रममा आज निधन भएको अस्पतालले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !