६ आश्विन २०८१, आइतबार

कोरोना महामारी रोकथाममा डटेर लागौं : मन्त्री आचार्य

प्रकाशित मिति :  6 May, 2021 7:31 pm


अर्घाखाँची । लुम्बिनी प्रदेशका नव नियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री एवं अर्घाखाँचीका प्रदेश सांसद चेतनारायण आर्चायले कोरोना महामारी रोकथामका लागी डटेर लाग्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्री नियुक्त भए पछि पहिलो पटक गृह जिल्ला आएका मन्त्री आर्चायले शितगंगामा सक्षिप्त कुरा गदै शीतगंगाकै प्रमुख अस्पताल प्राथमिक स्वास्थ केन्द्र ठाडा महामारीको समयमा डाक्टर बिहिन भएकोमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

महामारीको समयमा प्राथमिक स्वास्थ चौकीमा २ जना डाक्टर अध्यन बिदामा छन् भने गम्भीर प्रकृतिका बिरामी आउँदा समस्या हुने गरेको छ ।

मन्त्री आचार्यले छिटै जनताको सेवाका लागि डाक्टर ल्याउन पहल गर्ने बताए ।

इलाका प्रहरी कार्यलय ठाडाका इन्चार्ज प्रहरी निरीक्षक सन्दिप बेल्बासेले ठूलो भुगोलका कारण दरबन्दी अनुसारको जनशक्ति नहुँदा काम गर्न समस्या हुने गरेको गुनासो गरे । उनले ठूलो भुगोलका कारण सवारी साधनको समेत अभाव भएको बताए । मन्त्री आचार्यले गुनासो सम्बोधनका लागि आफूले पहल गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !