७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रादेशिक अस्पतालले ८/८ घण्टामा कोरोना उपचारका लागि बेडबारे जानकारी गराउँदै

प्रकाशित मिति :  7 May, 2021 8:59 am


रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि व्यवस्था गरिएको बेडबारे ८/८ घण्टामा जानकारी गराउन सुरु गरेको छ ।

कोरोना संक्रमितको चाप बढिरहेका बेला अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पतालमा रहेको बेडबारे निरन्तर जानकारी गराउने निर्णय गरेको हो ।

अस्पतालले दिएको जानकारी अनुसार अस्थायी अस्पतालमा एडीयू बेड ३६ र आइसीयू बेड १५ वटा रहेका छन् । बेडको अवस्था अनलाइनबाट बुझ्न सकिने जनाएको छ । बेड   लुम्बिनीबेड.वेभ.एपमा क्लिक गरेर हेर्न सकिने छ ।

रुपन्देही लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट अति प्रभावित जिल्ला पर्छ । हिजोसम्म ४,९,५१ जना सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमध्ये ४,३३७ जना संक्रमित घरमै छन् भने ६२४ जना विभिन्न कोभिड अस्पताल तथा निजी अस्पतालमा छन् ।



प्रतिक्रिया दिनुहोस !