६ आश्विन २०८१, आइतबार

राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री बादल नै उमेदवार

प्रकाशित मिति :  7 May, 2021 12:02 pm


काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उमेद्वार बन्ने पक्का भएको छ ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि बादलले उमेदवारी दिने भएका हुन् । बागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको एक सिट रिक्त छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेसहितका अन्य नेतासँगको छलफलपछि बादलले उमेद्वारी दिने टुंगो लागेको हो । यसअघि बादलले चुनाव हार्ने अवस्थामा उमेदवारी नदिने चर्चा चलेको थियो ।

उमेद्वारी टुंगो लागेपछि बादल मनोनयन दर्ताका लागि बागमती प्रदेश राजधानी हेटौडा गएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टीले डा. खिमलाल देवकोटालाई उमेद्वार बनाएका छन् । देवकोटापनि उम्मेदवारी दिन हेटौडा पुगिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !