गुल्मीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु,आठ जना घाइते
गुल्मी । गुल्मीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।
आज बिहान मुसिकोट नगरपालिका–४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहाको चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बिहान उजिरबहादुर गाहा र भीम श्री गाहाको घरमा चट्याङ्ग पर्दा घाइते भएकालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पुराउनेक्रममा गाहाको बाटोमै मृत्यु भएको होे ।
घाइते हुनेमा दजाकोटका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, ८ वर्षीय जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा छन् । त्यस्तै ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योती गाहाको पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
घाइतेहरुमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।