६ आश्विन २०८१, आइतबार

राष्ट्रिय सभाको उपनिर्वाचनमा नेमकिपाको पनि उमेदवारी

प्रकाशित मिति :  7 May, 2021 1:31 pm


काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले पनि उमेदवारी दर्ता गराएको छ ।

आगामी जेठ ६ गते हुन लागेको निर्वाचनका लागि नेमकिपाले पनि उमेदवारी दर्ता गराएको छ ।

बागमती प्रदेशको निर्वाचन आयोग कार्यालय हैटौडामा पुगेर नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् ।

तामाङको प्रस्तावकमा सांसद सुरेन्द्रराज गोसाई र समर्थनमा सिर्जना सैज्यु रहेका छन् ।

राष्ट्रिय सभाको उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट रामबहादुर थापा ‘बादल’ र माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतका गठवन्धनबाट खिमराल देवकोटाले उमेदवारी दर्ता गएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !