कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीसहित १ सय जनाको स्वाब संकलन
प्रकाशित मिति : 7 May, 2021 2:38 pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
स्वाबको पिसिआर परीक्षणका लागि प्रधानमन्त्री ओली, स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय तथा चालकहरुको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए दिएका छन् ।
सबै गरेर १ सय भन्दा बढीको स्वाब संकलन गरिएको थापाले उल्लेख गरेका छन् । वैशाख २७ गते प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बस्नुअघि सबै सांसद, संसद सचिवालयका कर्मचारी र सम्बन्धित व्यक्तिको कोरोना परीक्षण गर्ने भनिएको छ ।
सोही अनुसार प्रधानमन्त्री र उनको सुरक्षा र सहयोगमा खटिएका सबैको स्वाब परीक्षणका लागि संकलन गरिएको हो ।