दाङमा एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय
प्रकाशित मिति : 7 May, 2021 2:51 pm
दाङ । दाङमा एक हप्ता निषेधाज्ञा थपिने भएको छ ।
आज बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी जेठ १ गतेसम्म निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि दाङमा वैशाख १७ गते विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ गतेसम्म निषेधाज्ञा लागु गरिएको थियो । तर कोरोना संक्रमितको संख्या कम नभएपछि केन्द्रले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाका लागि सिफासि गरेको हो ।
जिल्लामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेसंगै लकडाउन पनि थप गर्ने निर्णय गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । दाङ कोरोनाबाट अति प्रभावित बनेको छ ।