७ आश्विन २०८१, सोमबार

विद्युत प्राधिकरण कर्मचारी संगठनका नेता बैरागीद्वारा संक्रमितलाई निशुल्क गाडी सेवा उपलब्ध

प्रकाशित मिति :  7 May, 2021 3:16 pm


काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कर्मचारी संगठनका नेता देवेन्द्र बैरागीले निषेधाज्ञाको अवधिभर आफ्नो निजी गाडी कोरोना संक्रमितका लागि निशुल्क उपलब्ध गराउने  घोषणा गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरका बैरागीले सामाजिक सञ्जालमा भनेका छन्,“आफू मर्नुभन्दा अरु मरेको खबर सुन्न डाराउँछु म, त्यसैले गाडी नपाएर अस्पताल नपुगी कसैले ज्यान गुमाउनु नपरोस, अब यो मेरो अभियान पनि हो ।”

उनले कुनै बैकल्पिक उपाय नभए सम्पर्क गर्न भन्दै आफ्नो फोन नम्बर ९८५७८२००२१ समेत उपलब्ध गराएका छन् ।

सामाजिक सञ्जालमा घोषणासँगै बैरागी दाङमै कोरोना संक्रमितलाई अस्पताल पुराउन सक्रिय छन् ।

बैरागी नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन केन्द्रिय कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज हुन् ।



प्रतिक्रिया दिनुहोस !