६ आश्विन २०८१, आइतबार

पार्टी कार्यालय आइसोलसेन सेन्टरका लागि उपलब्ध गराउने रुपन्देही कांग्रेसको निर्णय

प्रकाशित मिति :  7 May, 2021 4:24 pm


रुपन्देही । नेपाली काङ्ग्रेस रुपन्देहीले आफ्नो कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने निर्णय गरेको छ ।

रुपन्देही कांग्रेसले भैरहवामा रहेको पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरेको हो ।

भैरहवा स्थित भिम अस्पतालको पछाडी रहेको जिल्ला पार्टी कार्यालयमा दुई वटा हल, एघार वटा कोठा सहितको दुइतले कम्पाउन्ड सहितको भवन रहेको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।

कांग्रेस रुपन्देहीका सभापति अब्दुर रज्जाकले भने, “उक्त भनवन आइसोलेसन निर्माणको लागि स्थानिय तह, प्रदेस सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी सस्थाले लिन चाएको खण्डमा तत्काल प्रयोगमा दिने ब्यवस्था मिलाइएको छ ।”

लुम्बिनी प्रदेशमा रुपन्देही कोरोनाबाट बढी प्रभावित छ ।



प्रतिक्रिया दिनुहोस !