नेपालमा ९,१९६ जना कोरोना संक्रमित थपिए,सबैभन्दा धेरै बागमती र लुम्बिनीमा
प्रकाशित मिति : 7 May, 2021 5:22 pm
काठमाडौं । नेपालमा ९,१९६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार १९९८७ जनाको पिसिआर परीक्षणमा ९०२३ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै बागमतीमा ५५९० जना र लुम्बिनीमा १५६२ जनामा संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २९०५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।