६ आश्विन २०८१, आइतबार

कोरोना बिरुद्धको लडाइँमा एकजुट बनौं : मन्त्री आचार्य

प्रकाशित मिति :  7 May, 2021 9:14 pm


अर्घाखाँची । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनाराणण आचार्यले कोरोना भाईरसका बिरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

अर्घाखाँची अस्पतामा निर्माणाधीन एचडियू सेवाको अनुगमन गर्दै उनले जतिसक्दो छिटो सेवा सञ्चालनको लागि अस्पताल प्रशासनलाई निर्देशन दिए जिल्लामा हालसम्म आइसियू र भेन्टिलेटर नहुँदा बिरामीलाई निक्कै सास्ती भएको भन्दै उनले तत्काल सेवा सुचारु गर्न आग्रह गरे ।

कोभिड १९ का कारण अहिले मुलुकको जनजीवन प्रभावित भएको भन्दै यस्तो कठिन घडीमा सबैले आआफ्नो ठाउँ बाट सहयोग पुर्‍याउनुपर्ने उनको भनाई थियो ।

मन्त्री आचार्यले अस्पतालमा अक्सिजन र अन्य अत्यावश्यक उपकरणको अभाव हुन नदिन प्रदेश सरकार निरन्तर लागिपरेको भन्दै जनताको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताए ।

उनले कठिन परिस्थितिमा अहोरात्र खटेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी ,सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरुको राज्यले उच्च मुल्यांकन गर्ने बताउँदै समाजमा अनावश्यक हल्ला फैलाई जनतालाई आतंकित पार्ने ,कृतिम अभाव सिर्जना गर्ने,कालाबजारी गर्ने र सर्वसाधारण जनतालाई एक वा अर्को बहानामा दुःख दिनेलाई कडा कार्वाही गर्ने चेतावनी दिए ।

अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले भोलि देखि नै एच।डि।यु। सेवा सञ्चालन गर्ने बताए । उनलसरकारको २ करोड रुपैयाँको लागतमा १० बेडको एचडियू र २ भेन्टिलेटरको सेवा प्रदान गर्न लागेको भन्दै भेन्टिलेटरको लागि भने थप १र२ दिन लाग्ने बताए ।



प्रतिक्रिया दिनुहोस !