५ आश्विन २०८१, शनिबार

चिनियाँ कम्पनी सिनोफर्मको कोरोना खोपलाई विश्व स्वास्थ्य संगठनको मान्यता

प्रकाशित मिति :  8 May, 2021 7:54 am


काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले चिनियाँ कम्पनी सिनोफर्मले बनाएको कोरोना खोपलाई आपतकालिन प्रयोग गर्न सहमति दिएको छ ।

डब्लुएचओले पहिलोपटक गैर–पश्चिममुलुकलाई कोरोना खोप प्रयोगको अनुमति दिएको बीबीसीले जनाएको छ । यद्यपी यो खोप चीन र विश्वका विभिन्न देशमा कराडौं मानिसलाई लगाइसकिएको छ ।

यसभन्दा पहिले डब्लुएचओले फाइजर एस्ट्राजनेका,जनसन एण्ड जनसन तथा मोडेर्नाको खोपलाई अनुमति दिएको थियो । यद्यपी अफ्रिका,लेटिन अमेरिका तथा एसियाका कैयौ देशले चिनियाँ खोपका लागि अनुमति दिइसकेका थिए ।

अन्तराष्ट्रिय रुपमा चीनको खोपको प्रभावकारीताबारे कम डाटा उपलब्छ भएका कारण अन्योलता कायमै थियो । तर,विश्वास स्वास्थ्य संगठनले भनेको छ कि सिनोफर्मको खोपको ‘सुरक्षा,प्रभावकारिता तथा गुणस्तरीयता’ को मान्यता दिइएको छ ।

डब्लुएचओले १८ वर्षभन्दा माथि उमेरकालाई दुइपटक उक्त खोप दिनुपर्ने बताएको छ ।

डब्लुएचओले अर्को चिनियाँ कम्पनी सिनोभेकको खोपमा थप निर्णय गर्न सक्ने र रुसी खोप स्तुतनिक भि को पनि मुल्याङ्कन जारी रहेको समाचारमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !